कपिलवस्तु -नयाँ वर्ष २०८२ लाई अविस्मरणीय र रमाइलो बनाउने उद्देश्यले Lumbini Green Resort Pvt. Ltd., चन्द्रौटा ले नयाँ वर्षको पूर्वसन्ध्यामा एक भव्य साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गर्ने भएको छ। यो कार्यक्रम २०८१ साल चैत ३१ गते साँझ आयोजना गरिनेछ, जसमा विविध सांस्कृतिक झलक, लाइभ म्युजिक, स्वादिलो खानाका परिकार र मनोरञ्जनको भरपूर व्यवस्था गरिएको छ।
रिसोर्टका अनुसार, यसपटकको कार्यक्रम नयाँ वर्ष मनाउने चाहना भएका व्यक्तिहरूका लागि विशेष बनाइनेछ। कार्यक्रममा विभिन्न जातीय तथा सांस्कृतिक समूहहरूद्वारा आकर्षक नृत्य र प्रस्तुतिहरू प्रस्तुत गरिनेछ। कार्यक्रमको सञ्चालन लोकप्रिय होस्ट दुर्गा गुरुङ ले गर्नेछन् भने, सांगितिक प्रस्तुति चर्चित गायिका प्रतिक्षा कुँवर र उनको ब्यान्डद्वारा प्रस्तुत गरिनेछ।
यसका साथै, कार्यक्रमस्थलमा लाइभ फूड एण्ड बेभरिज स्टल, स्वागत ड्रिंक, अनलिमिटेड भेज तथा नन-भेज बुफे, तथा भाग्यमानी विजेताका लागि लक्की ड्र समेत रहनेछ। सहभागीहरूले मनोरञ्जन मात्र होइन, स्वादिलो खानाको मज्जा पनि लिन पाउनेछन्।
प्याकेज शुल्क (कार्यक्रम मात्र):
- एक जना: रु १६९९
- जोडी (२ जना): रु २९९९
- परिवार (५ जना): रु ६९९९
- ६ वर्षभन्दा मुनिका बच्चाहरूका लागि: निशुल्क
- ६ देखि १२ वर्षका बच्चा: रु ९९९ मात्र
रातभर बसोबास चाहिने पाहुनाहरूका लागि कोठा शुल्क:
- डिलक्स रुम (२ जना): रु ६९९९
- सुपर डिलक्स रुम (२ जना): रु ७९९९
Lumbini Green Resort को व्यवस्थापनले नयाँ वर्षलाई विशेष बनाउने गरी कार्यक्रमलाई व्यवस्थित, सुरक्षित र पारिवारिक बनाइने बताएको छ। रिसोर्टले सुरक्षादेखि सेवा सुविधा र मनोरञ्जनसम्म सम्पूर्ण तयारी गरिसकेको जनाएको छ।
यस विशेष अवसरमा सहभागी भई नयाँ वर्षको सुरुवात उत्साहका साथ गर्न इच्छुक महानुभावहरूलाई समयमै बुकिङ गर्न अनुरोध गरिएको छ।
लुम्बिनी ग्रीन रिसोर्ट चन्द्रौटा, कपिलवस्तुमा अवस्थित एक फोर स्टार डिलक्स रिसोर्ट हो, जसले शान्त वातावरण, आधुनिक सुविधा र नेपाली सांस्कृतिक अनुभव प्रदान गर्छ। रिसोर्टमा सुविधा सम्पन्न कोठाहरू, स्वादिलो खाना, स्वीमिङ पूल, गार्डेन, र कन्फरेन्स हल छन्। लुम्बिनी नजिकै भएकोले यो रिसोर्ट धार्मिक तथा सांस्कृतिक पर्यटनका लागि उपयुक्त गन्तव्य हो।