कपिलवस्तु ।
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६ बद्धाैरमा रहेकाे नवनिर्मित १५ शैेय्या आधारभूत अस्पतालमा स्वास्थ्य सेवा सुचारू भएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले स्वास्थ्य सेवाकाे उद्घाटन गरेेका हुन् । प्रदेश सरकारले अस्पतालमा आधारभूत सेवा प्रवाहका लागि २ जना डाक्टर उपलब्ध गराएपछि साेमबार मन्त्री सारुद्वार स्वास्थ सेवा शुभाराम्भ भएको उद्घाटन भएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा बाेल्दै स्वास्थ्य मन्त्री खेम बहादुर सारुले स्वास्थ्यकाे गुणस्तरीयता र प्रभावकारितामा जाेड दिनुपर्ने बताएका छन् । उनले अस्पताल सञ्चालन गर्न ठूलो चुनाैती भएको बताउँदै तीनै तहका सरकारले लाग्नुपर्ने बताए । अस्पतालमा सेवा प्रवाहका लागि आवश्यक पर्ने उपकरणहरु प्रदेश सरकारले उपलब्ध गराउने मन्त्री सारुले प्रतिबद्धतासमेत जनाए ।
यस्तै लुम्बिनी प्रदेशका सांसद तथा पुर्व मन्त्री जानकी प्रसाद यादवले आफ्नो संसदीय काेषबाट अस्पतालमा एम्बुलेन्स सञ्चालन गर्नका लागि २५ लाख बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका छन् । उनले अस्पतालबाट नागरिकले सहज रुपमा सेवा प्राप्त गर्न अस्पताललाई एउटा छुट्टै एम्बुलेन्सकाे आवश्यकता भएको बताउँदै अस्पताल सञ्चालनका लागि सबैले सहयोग गरि हातेमालो गर्न अनुरोध गरे ।
यस्तै गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले अस्पतालमा स्वास्थ्य सेवा सञ्चालन पश्चात् अब नागरिकले आधारभूत सेवा प्राप्त गर्न सहज हुने बताए । उनले स्वास्थ्यलाई गाउँपालिकाले प्राथमिकतामा राखेकाे बताउँदै बिरामीले उपचारका लागि टाढा जाने बाध्यता हट्ने बताए । सेवा प्रवाह र आवश्यक जनशक्ति व्यवस्थापनका लागि गाउँपालिकाले जाेड दिएकाे बताउँदै मन्त्री सारुलाई आवश्यक पहलसहित बजेट विनियोजनका लागि ज्ञापन-पत्रसमेत बझाएकाे उनले बताए ।
अस्पताल भवन निर्माणका लागि जग्गा दान गर्ने जग्गा दाता र नगद दान गर्ने सहयोगी दातालाई सम्मानसमेत गरिएको छ । कार्यक्रमलाई गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरी, नेकपा एमाले जिल्ला अध्यक्ष बाबुराम खनाल, नेसपा (नयाँशक्ति) जिल्ला अध्यक्ष राम निवास पुरी, लाैेटनराम द्राेपदी देवी माध्यमिक विद्यालय गणेशपुरका प्रधानाध्यापक श्याम प्रकाश चाैधरी लगायतले सम्बाेधन गरेका थिए ।