शिवराज नगरपालिका वडा नम्बर ७ मा महिलाहरू तथा किशोरीहरूलाई लक्षित गरी सिलाई कटाई तालिम सञ्चालन गरिएको छ।
शिवराज नगरपालिकाको आर्थिक सहयोग,तौलिहवामा रहेको स्काई टेक्निकल कलेजको आयोजनामा तालिम आज देखि सुरु भएको हो ।
महिलाहरूलाई आत्मनिर्भर बनाउने लक्ष्य सहित वडाले उक्त तालिम गर्न लागेको शिवराज नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष अनुप कुमार चौधरीले बताउनु भयो ।
महिलाहरूको आर्थिक सशक्तिकरणका लागि सीपमूलक तालिमहरूको आवश्यकतालाई मध्यनजर गरेर तालिम सुरु गरेको बताउनु भयो ।
महिलाहरूलाई सीप प्रदान गरिएमा उनीहरूले आफ्नो व्यवसाय सञ्चालन गर्न टेवा पुग्ने बताउनु भयो ।
सिलाई प्रविधि, डिजाइन कटाई तथा कपडा सिलाउने सम्बन्धि सिकाइने छ । स्थानीय महिलाहरूले यस अवसरलाई उपयोग गर्दै आफ्नो आत्मनिर्भरता बढाउने अपेक्षा गरिएको छ।











