चन्द्रौटा -
शिवराज नगरपालिका–५, सहजटोलका अशक्त चतुर्भुज पन्थीलाई लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व वनमन्त्री अर्जुन केसीले ह्विलचेयर हस्तान्तरण गर्नु भएको छ ।
विगत लामो समयदेखि हिँडडुल गर्न असमर्थ पन्थीलाई वडाध्यक्ष नेत्र बेल्बासेको समन्वयमा सहज आवागमनका लागि केसीले आफ्नो व्यक्तिगत लगानीमा ह्विलचेयर प्रदान गर्नु भएको हो ।
प्रदेश सभा सदस्य केसीको सामाजिक उत्तरदायित्वप्रतिको योगदानको प्रशंसा गर्दै स्थानीय तह र जनप्रतिनिधिहरू मिलेर विपन्न तथा असहाय व्यक्तिहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने पहल गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
स्थानीयवासीहरूले पनि पूर्व मन्त्री केसीको मानवीय सेवाको प्रशंसा गर्दै यस प्रकारका सहयोगले अपाङ्गता भएका नागरिकहरूको जीवन सहज बन्ने विश्वास व्यक्त गर्नुभयो ।










