कपिलवस्तु ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकालाई बालश्रममुक्त घोषणा गर्ने अभियान थालिएको छ । बालश्रम मुक्त पालिका बनाउन पालिकाले बिभिन्न कार्य योजना सहीत तयारीलाइै तीब्रता दिइएको छ । हाल सम्म पालिकामा रहेका ४ वटा वार्ड बालश्रमुक्त वडा घोषणा भई सकेको छ । बाकी रहेका ६ वडालाई सहीत पालिकालाइृ समेत बालश्रम मुक्त बनाउन अभियान थालिएको मेयर केशव कुमार श्रेष्ठले बताए । उनले त्यसकाकालागि आफुहरु वडामा गणका परिचालन गरिने बताए । उनले आएको तथ्यांकका आधारमा बिभिन्न योजना बनाई अघि बढने उनले बताए । बुधबार नगरपालिकामा सम्पन्न स्थानीय पदाधिकारीको बैठकमा बोल्दै उनल सो कुरा बताएका हुन । उनले नगरले बालश्रमको विषयलाई महत्वपूर्ण रुपमा लिएको बताए । बालमैत्री वडा बनाउने तयारीमा पनि आफुहरु लागे उनले बताए । बालश्रममुक्त घोषणा गरिएको भन्दै बाकी ६ वटा वडालाई पनि यसै आर्थिक वर्षमा घोषणा गरिने बताए । इट्टा भट्टा, होटलहरुमा बढी बाल श्रमिक हुने हुँदा त्यसतर्फ निगरानी गर्नुपर्ने बताए ।प्रमुख प्रशासकिय अधिकृत चुरामणी पन्थीले घोषणा गरेर मात्र बस्न नमिल्ने भन्दै कतिकतै बाल श्रमिक छन कि छैनन भनेर अनुगमनका काम पनि गर्नुपर्ने बताए । नगरको सक्रियताले मात्र नहुने भएकाले हरेक साझेदार संस्थाकोे सहकार्यबाट मात्र यो काम सफल हुने बताए । बालबालिकाले जीविकोपार्जनका लागि अन्यत्र गयर काम गर्नु परेमा त्यो बाल श्रम नै हुने भन्दै नेपाल सरकारको नीति अनुरुपनै आफुले काम गर्नु पर्ने बताए । कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष रोम थापले बोल्दै सबैको साथ सहयोगले वडा नम्बर ५ सहित ४ वटा वडा बाल श्रममुक्त भएको भन्दै अब नगरपालिका नै श्रम मुक्त बनाउन पर्ने बताउनु भयो ।