अर्घाखाँची - अर्घाखाँचीकाे मालारानी गाउँपालिकामा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
मालारानी गाउपालिका-२ कुभिन्डेमा बुटबल बाट मालारानी आउदै गरेको लु१ ज ४२२६ नम्वरकाे जिप दुर्घटना भएको हाे ।
दुर्घटनामा जिप चालक अर्घाखाचीकाे मालारानी २ का अन्दाजी ५१ बर्षिय कृष्णलाल मरासिनीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी चक्रबहादुर मल्लले बताएका छन् । घटनाको अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।










