बैठकमा पार्टी संगठन सुदृढीकरण, सदस्यता विस्तार, स्थानीय तहमा पार्टीको भूमिका प्रभावकारी बनाउने, र आम जनतामाझ पार्टीको पहुँच विस्तार गर्ने विषयमा गहन छलफल गरिएको थियो।
प्रदेश सदस्य नेत्रराज अधिकारीले वडा स्तरमा पार्टी संगठन मजबुत बनाउन रणनीति तयार गर्ने आवश्यकता औंल्याउँदै जरा केन्द्रित अभियानलाई प्रभावकारी बनाउने कुरामा जोड दिनुभयो। साथै, सदस्यता वितरणलाई व्यवस्थित बनाउने र स्थानीय मुद्दाहरूमा पार्टीको सक्रिय भूमिका बढाउने विषयमा समेत चर्चा भयो।
एमाले प्रदेश सदस्य अर्जुन केसीले एमालेलाई कमजोर बनाउन विभिन्न संजालहरू हावी भएको आरोप लगाउँदै मुलुकको स्थायित्वका लागि एमाले मजबुत हुनु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। प्रदेश सदस्य लंका हमाले संगठनलाई जरा देखि बलियो बनाउन कटिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो।
शिवराज नगरपालिका अध्यक्ष महादेव पोखरेलले संगठन सुदृढीकरणका लागि जरा अभियानले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै यसको सफलताका लागि सबै लाग्नुपर्ने उल्लेख गर्नुभयो। बैठकमा एमाले जिल्ला सदस्य जगत पौडेल, खगी सुनार, सरोज पौडेल लगायतका नेताहरूले मन्तव्य राख्दै जरा अभियानअनुसार घरदैलो अभियानलाई तीव्र बनाउनुपर्ने धारणा राखे।
कार्यक्रम वडा कमिटी अध्यक्ष प्रेम सुनारको अध्यक्षता, उपाध्यक्ष सालिकराम पौडेलको स्वागत मन्तव्य र सचिव जीवन केसीको सञ्चालनमा सम्पन्न भएको थियो।











